मुटु छाडेको अनुभूति
रचना गर्ने: सुजीत कार्की
सोच्न त के-के सोचेको थिएँ मैले,
हरेक जीवनका पलहरू सजाएर राख्न खोजेको
थिएँ मैले।
तर उसले मुटु घरमै छोडेर आएको छ अहिले।
अनुहारमा कालो बादल छाएको थियो उही बेला,
अहिले त झन् त्यो बादलरूपी अनुहारले
पानी परेजस्तो महसुस गराउँछ...
मुटु त उसले छाडेर नै आएको थियो,
अहिले त झन् ऊ रोएर कराएर
झरीको अनुभूति गराउँछ मलाई।
थाहा छैन किन उसको दिल आज पत्थरजस्तो
भएको छ,
सायद मुटु घरमै छोडेर होला...
No comments:
Post a Comment