Reflection Note by, Rama Dahal Wasti and Sujeet Karki
निरन्तर र पेसागत शैक्षिक कार्यक्रम(Continuing and Professional Education Program) तालिममा काठमाडौ विश्व विद्यालय शिक्षा सङ्कायद्वारा सञ्चालित ४८ घण्टे शिक्षकको पेसागत वृद्धि कार्यक्रमको तालिममा सहभागी भएर हामीले विभिन्न पेसागत सिप, ज्ञान र विज्ञहरुद्वारा उहाँहरुको शिक्षण अनुभवलाई सुन्ने र बुझ्ने सुनौलो अवसर प्राप्त गर्यौँ । यो तालिममा हामीले सौद्धान्तिक ज्ञान मात्र नभएर कसरी आफूले आर्जन गरेको ज्ञान र सिपलाई दक्षतापूर्वक कक्षाकोठामा लाने र विद्यार्थीहरूको सिकाइ क्रियाकलापहरुलाई फलदायी बनाएर २१ औं शताब्धिमा चाहिने सिपहरूलाई अभिवृद्धि गर्ने व्यवहारिक ज्ञान हाँसिल गर्ने अवसर प्राप्त गयौँ ।
विगतका दिनमा हामीले सैद्धान्तिक ज्ञानलाई मात्र सर्वोपरि ठान्थ्यौँ । तर आजको परिवर्तनzLल समयलाई चियाएर हेर्दा ती ज्ञानका सँगसँगै विभिन्न किसिमका व्यवहारिक ज्ञान र विभिन्न विषयहरूलाई सँगसँगै समायोजन गरेर शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन सबै शिक्षक शिक्षिकाहरु अगाडि बढ्नुपर्छ भन्ने मनसाय राखेर यस विश्व-आदर्श स्कुलले काठमाडौं विश्वविद्यालय शिक्षा संकायसँग समन्वय गरी सफलता पूर्वक ४८ घण्टे तालिम सुसम्पन्न गर्यो । डा. पार्वती ढुङ्गाना, कृष्ण प्र. खतिवडा, डिल्ली ब. राउत मदन रिजाल, लक्ष्मण लुईटेल, सरिता खड्का र जिनिलिया श्रेष्ठ ज्यूहरूबाट प्रशिक्षण र सहजकर्ताको भ"मिका निर्वाह गरेर तालिमलाई सहजता प्रदान गर्नुभयो ।
तालिम अन्तर्गत हामीले पाठ्यक्रमको स्वरूप, विभिन्न कक्षाका अनुभवहरू,वर्तमान अवस्थामा शिक्षक र शिक्षिकाज्यूहरूको भुमिका , समावेशी शिक्षा , विभिन्न सिकाइका सिद्धान्तहरू, र विद्यार्थीहरूलाई उत्प्रेरित गर्ने उपायहरू प्राप्त गरौं । कक्षा कोठामा पृष्ठपोषण दिने तरिका ´ब्लुम ट्याक्सोनोमी´(Bloom’s Taxonomy)मा आधारित भएर प्रश्नहरु सोध्ने र बनाउने , पुनरावृत्ति कार्यहरू, परियोजना कार्य र कसरी शिक्षण सिकाइ क्रियाकलापलाई कलात्मक ढंगले पस्कनु पर्छ भन्ने महत्वपूर्ण ज्ञान हाँसिल गयौF । विभिन्न माध्यमले कक्षाकोठामा सहकार्य गर्ने विभिन्न विषयलाई एकिकृत गर्ने , आन्तरिक मूल्याङ्कनलाई विभिन्न शीर्षकमा बाँढेर उचित मूल्याङ्कन गर्ने, रुlब\क्सको नमुना तयार पार्ने, वर्तमान अवस्थामा ग्रेडिङ प्रणालीका आधारहरू सिक्ने अवसर पनि पायौँ । साथसाथै वर्तमान समयमा आवश्यक पर्ने शिक्षक सक्षमताहरू वाह्र्य मूल्याङ्कन पद्धति, विगतमा सञ्चालन भएका क्रियाकलापहरु र यसले शिक्षा क्षेत्रमा कसरी आमुल परिवर्तन ल्याउन सक्ने भन्ने धारणालाई पनि हाम्रो मन मस्तिष्कमा ल्यायो ।
तालिम अन्तर्गगत विभिन्न किसिमका क्रियाकnfkहरूलाई सँगसँगै लाँदाखेरी हामीलाई सहजता पूर्वक सुन्ने र सँगसँगै गर्ने मौका पायौं ।जस्तै: योगका क्रियाकलापहरू, कथा, गीत, नाचगान, सामूहिक छलफल,हाजिरी जवाफ,खेल , पुनरावृत्ति र प्रस्तुती करणले गर्दा हामीलाई एक आपसमा सहकार्य र सञ्चार गर्ने वातावारण पैदा भएको छ । हामीले पोष्टर र चित्रहरू चार्ट पेपरको माध्यमबाट सूचनाहरू प्रवाह गरेर विषय शीर्षकलाई प्रष्ट र प्रभावकारी पार्ने काम गयौF। तालिम पश्rfत शिक्षक शिक्षिकाहरूको उचित मूल्याª\कन गरी सबैको ग्रेडिङसहित प्रमाण पत्र पनि हस्तान्तरण गर्यो ।
अन्ततः विश्व- आदर्श स्कुलले यस्ता राम्रा राम्रा अवसरहरू आगामि दिनहरूमा पनि स~rfलन गरेर शिक्षक शिक्षिकाहरूको पेसागत विकासलाई भविष्यमा पनि निखार्दै लाg] 5 भन्ने आशा गर्दछौF । धन्यवाद !!
No comments:
Post a Comment